ad

Wednesday, 13 February 2019

यौनसम्पर्कमार्फत् सर्ने नयाँ खतरनाक रोग

बीबीसी,आजकाल संसारमा विभिन्न नयाँ रोग भित्रिरहेका छन् र यौन संक्रमणबाट पैदा हुने रोग (एसटीआई) कुनै अपवाद होइन ।हामी यस्तै चार ब्याक्टेरियाबारे जानकारी दिँदै छौं जसले मानिसको स्वास्थ्यमा ठूलो क्षती पुर्याउन सक्छ ।
नाइसेरिया मेनिन्जाइटिसः
नाइसेरिया मेनिन्जाइटिसलाई मेनिन्गोकसको नामले पनि चिनिन्छ । यो ब्याक्टेरियाले दिमाग र मेरुदण्डको हड्डीलाई संक्रमण गर्नसक्छ । तर यो यूरोजेनिटल संक्रमणका लागि परिचित छ । ७० को दशकमा भएको अध्ययन अनुसार चिम्पान्जीको नाक र गला हुँदै यो ब्याक्टेरिया यौनाङ्गसम्म पुगेको थियो जसलाई युथरल संक्रमण भनिन्छ । लगभग ५ देखि १० प्रतिशत युवायुवतीमा नाइसेरिया मेनिन्जाइटिस ब्याक्टेरिया घाँटी वा नाकको बाटो हुँदा शरिरभित्र प्रवेश गर्ने गर्छ । एक अध्ययनका अनुसार यो संक्रमण एक व्यक्तिबाट उनको पार्टनरमा मुख मैथुन र अन्य प्रकारको सम्पर्कबाट हुनसक्छ । जम्मा पाँच प्रकारका एन. मेनिन्जाइटिस संसारभरी हुने यौन संक्रमणका लागि जिम्मेवार छन् । यद्यपी, यो ब्याक्टेरियाका लागि दुईवटा खोप उपलब्ध छन् जसको मद्दतले यो ब्याक्टेरियाको प्रभाव कम गर्न सकिन्छ ।
माइकोप्लाजमा जेनिटेलियमः
माइक्रोप्लाजमा जेनिटेलियम संसारको सबैभन्दा सुक्ष्म ब्याक्टेरियामध्ये एक हो तर यसमार्फत् हुने यौनजन्य संक्रमण संसारको ठूलो समस्याको कारण बन्दै गएको छ । यसलाई सन् १९८० को दशकमा पहिचान गरिएको हो । यो ब्याक्टेरियाले अहिले लगभग १ देखि २ प्रतिशतलाई संक्रमित गरेको छ । विशेषगरी यो युवा र वयस्कमा तीब्र रुपमा फैलिरहेको छ । यो ब्याक्टेरियाका कारण बाँझोपन, गर्भपतन, समयअगावै प्रसव र भ्रुणको मृत्युसम्म हुनसक्छ । कन्डमको प्रयोगले यो संक्रमण पार्टनरलाई सर्नबाट जोगाउन सकिन्छ । अनुसन्धानकर्ताले एम. जेनिटेलियमलाई रोक्नका लागि एन्टीबायोटिक औषधी विशेषगरी एजिथ्रोमाइसिन र डक्सीसाइक्लिनको प्रयोग नगर्न सल्लाह दिने गर्छन् ।
शिगेला फ्लेक्जेनरीः
यसलाई शिग्लोसिसको नामले पनि चिनिन्छ । यो मानवीय मलको प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कमा आउँदा फैलने गर्छ । यो संक्रमणपछि अत्यधिक पेट दुख्न र झाडालगायतका समस्या देखिन्छन् । वैज्ञानिकका अनुसार एस. फ्लेक्जेनरी मूल रुपमा मुख मैथुन र मलद्वारमा यौनसम्पर्क गर्दा फैलन्छन् । संसारभरीका यस्ता संक्रमण तीब्र रुपमा सार्वजनिक भइरहेको छ ।
लिन्फोंग्रानुलोमा वेनेरेउम (एलजीवी):
क्लेमाइडिया ट्रेकोमाटिस नामको ब्याक्टेरियाका कारण पैदा हुने यो यौनरोग भयानक संक्रमणको कारण बन्न सक्छ । एलजीवीको संक्रमणका कारण अस्थायी डण्डीफोर, यौनाङ्गमा अल्सरको समस्या हुनसक्छ । त्यसपछि यसको ब्याक्टेरिया शरिरको लसिका तन्त्रिकामा आक्रमण गर्नेगर्छ । रेक्टल संक्रमण आन्द्रासँग जोडिएका रोगको कारण बन्नसक्छ । मलाशयको गम्भीर रोगको कारण पनि बन्नसक्छ । पछिल्लो एक दशकदेखि एलजीवी युरोप र उत्तरी अमेरिकामा तीब्र रुपमा बढ्दैछ । विशेषगरी यो रोग बाइसेक्सुअल र समलिङ्गीमा साधारण हुँदै गएको छ ।

गर्भवती महिलालाई किन हुन्छ वाकवाकी ?

गर्भवती भएका बेला महिलाहरूलाई वाकवाकी लाग्ने गर्छ । जसले गर्दा खानामा अनरुची समेत हुने गर्छ । चिकित्सकहरू का अनुसार एचसिजी हर्मोनका कारण गर्भवती महिलालाई वाकवाकी र रिंगटा लाग्नेगर्छ । जसलाई ‘प्रेग्नेन्सी हर्मोन’ पनि भन्ने गरिन्छ । यस्तो हर्मोनले निषेचित अन्डालाई पाठेघरको भित्तामा आएर बस्न सघाउँछ । स्ट्रेस र थकानका कारण पनि यस्तो हुन सक्छ ।
गर्भवती अवस्थामा बान्ता र वाकवाकी लाग्ने अर्को कारण भने इस्ट्रोजिन हर्मोन हो । यस्तो हर्मोन गर्भवती महिलामा बढेर जान्छ । ७० प्रतिशत गर्भवती महिलालाई यस्तो लक्षण देखिने गरेको पाइन्छ । सामान्यतया वाकवाकी लाग्न गर्भवती भएको ४–८ हप्ताबाट सुरु हुन्छ । र, यो क्रम १३–१४ हप्तासम्म रहन्छ । कसैकसैलाई भने अलि पछिसम्म यसले दुःख दिन सक्छ । यस्तो अवस्थामा आमालाई त असहज हुन्छ । तर, पेटमा भएको बच्चालाई भने कुनै असर पु–याउँदैन ।
बढी नै समस्या भएमा घरेलु उपचार विधि अपनाउन पनि सकिन्छ । त्यसका लागि वाकवाकी लाग्ने वा बढाउने खानेकुरा खानुहुँदैन । त्यस्ता खानाको गन्धबाट पनि टाढै रहँदा राम्रो हुन्छ । बिहान उठ्नुअघि भिजाएर राखेको गेडागुडी खानुपर्छ । जसलाई भेज लाइक टोस्ट पनि भनिन्छ । र, त्यो खाएको केही समयपछि मात्र उठ्ने गर्नुपर्छ ।
एकैपटक थुप्रै खाने बानीलाई सुधार गर्दा राम्रो हुन्छ । बरु थोरै–थोरै छोटो–छोटो समयको ग्यापमा खाँदा यस्तो समस्याबाट छुटकारा पाउन सहयोग हुन्छ । यसले स्वस्थ रहन पनि सहयोग पुग्छ । नेपालीको खानासँगै पानी खाने संस्कार छ । तर, खानासँग धेरै पानी नखाँदा पनि यस्तो समस्याबाट केही हदसम्म छुटकारा पाउन सकिन्छ ।
यसै पनि गर्भवती आमाले आफ्नो स्वास्थ्य र भोजनमा विशेष ख्याल राख्नुपर्छ । त्यस्तै, वाकवाकी र रिंगटा लाग्ने समस्या बढी भएमा प्रशस्त आराम गर्न आवश्यक हुन्छ । गर्भवती आमा बस्ने कोठा तथा घरको वातावरण खुला र राम्रोसँग हावा खेल्ने हुनुपर्छ । यसलाई कम गर्न अदुवा राखेर कागतीपानी पनि खान सकिन्छ । अधिक मात्रामा आइरनयुक्त खानाको प्रयोगले पनि यस्तो समस्यालाई धेरै घटाउन सकिन्छ । यसका लागि औषधि र चक्की पनि खान सकिन्छ । तर, स्वास्थ्यकर्मीको सल्लाहमा मात्र ।
कतिपय गर्भवती आमालाई वाकवाकी तथा बान्ता हुने समस्या अत्यधिक हुन्छ । यसरी हुने बान्ताबाट शरीरलाई आवश्यक पर्ने महत्वपूर्ण तत्वहरूसमेत बाहिरिन सक्छ । त्यसैले यस्तो समस्या बढेमा तुरुन्तै स्वास्थ्य संस्था पुग्न आवश्यक हुन्छ । कहिलेकाहीँ मोलार प्रेग्नेन्सीका कारण पनि वाकवाकी लाग्ने, बान्ता हुने समस्या हुन्छ । मोलार प्रेग्नेन्सीले गर्भवती भएजस्तै लक्षण देखाउँछ, तर पेटमा बच्चा भने हुँदैन । त्यसैले यसबारे पनि सजग हुन आवश्यक हुन्छ ।